
काठमाडौं,१० साउन । सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम राष्तपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
थापाले सैन्य मुख्यालयको जिम्मेवारी साउन २५ गतेदेखि सम्हाल्नुहुनेछ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । अवकाशपूर्व एक महिना विदामा बस्ने प्रचलनअनुरुप क्षत्री साउन २४ देखि नै विदामा बस्नुहुनेछ ।
बलाधिकृत थापाको रथीको पदावधि २०७४ असोजमै सकिने थियो । तर, सरकारले बलदेवराज महतसँगै उहाँको कार्यकाल एक वर्ष थप गर्यो ।
महतले १६ कात्तिकमा ५८ वर्षे उमेर हदका कारण अवकास पाएपछि थापा सेनापतिको दौडमा निर्विकल्प हुनपुग्नुभयो ।