Prakash Adhikari July 28, 2018

भरतपुर(चितवन), १२ साउन । प्रजातन्त्रवादी कानून व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन(डिएलए) नेपालको १०औँ राष्ट्रिय महाअधिवेशन आजबाट नवलपुरको गैंडाकोटमा सुरु हुँदै छ।

महाधिवेशनको कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको व्यवस्थापन तथा तयारी समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनको तयारी पूरा भएको भएको जानकारी दिनुभएको छ ।

शनिबार महाधिवेशनको उद्घाटन सत्र र बन्द सत्र सुरु हुने तथा आइतबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ ।

उनान्चालिस सदस्यीय कार्यासमितिलाई प्रदेश संरचना अनुसारको बनाउँदै ४३ सदस्यीय बनाउने गरी विधान संशोधन गरेलगत्तै निर्वाचन प्रक्रिया सुरु हुने डिएलए नेपालका अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेलले जानकारी दिनुभएको छ।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष एकरएक जना, प्रदेश उपाध्यक्ष सातजना, सचिव दुर्इजना सदस्य २४ जना निर्वाचित गर्ने छ। यस्तै पाँचजना मनोनित हुनेछन्।

महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरू, नेपालबारका पूर्वअध्यक्षहरू, कांग्रेसका संघीय तथा प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपमप्रमुख लगायत उपस्थिति हुनेछन्।

महाधिवेशनमा एक हजार १ सय ३१ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ।

१४ गते बिहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी छ।

Share Now

Leave a comment.