Prakash Adhikari June 22, 2025

काठमाडौ, ८ आषाढ । नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा आयोजना गरेको एमबीएएन फुटसल कप २०८२को उपाधि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जितेको छ । एसबीआईले मर्चेन्ट बैकिड.गले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउदै यस वर्षको ऐतिहासिक उपाधि हासिल गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड टिमले तीन प्रतिष्ठित उपाधिहरु क्रमशः उपाधि विजेता , उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ताको उपाधि पनि पाएको छ ।

यस ऐतिहासिक जितमा योगदान पु¥याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लि.परिवारको तर्फबाट हार्दिक बधाई एवं धन्यवाद व्यक्त समेत गरेको छ ।

आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागी भई संस्थाको गौरव बढाउँदै जाने संकल्पसहित प्रेरणा मिलोस् कामना नेपाल एसबिआई मर्चेन्ट बैंकिङ परिवारले गरेको छ ।

Share Now