काठमाडौं, १५ आषाढ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा नेपालले आफ्नो टिममा व्यापक परिवर्तन गरेको छ । नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा कप्तानको जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी एञ्जिला, रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएको छ।
नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलकिपरको जिम्मा दिएका छन्।
प्लेइड. ११ कम निशा थोकर, पूजा राना, समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका, सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ छन्।
समुह ‘एफ’ मा रहेको नेपालले लाओससँग खेल्दै छनौटको सुरुवात गर्दैछ। यो समूहमा आयोजक उज्वेकिस्तान र श्रीलंका पनि छन् । समूह विजेता टोली सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट हुनेछ।


















