काठमाडौं, १९ साउन । एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एवम् चौथो वार्षिकोत्सव समारोह कार्यक्रम काठमाण्डौंमा सम्पन्न भएको छ ।
कीर्तिमानी धावक बैकुन्ठ मानन्धरको मुख्य अतिथि र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा आइतबार काठमाडौंमा भएको साधारण सभामा परिवारका अध्यक्ष राजन खत्रीले आर्थिक वर्ष २०८२र८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिव मन्जु श्रेष्ठको तर्फबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
सोही समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावक धाविकाद्धय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
एथलेटिक्स परिवारले गत आर्थिक वर्षमा १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगी रहेको जनाइएको छ ।
चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कात्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ कि।मि।च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुस महिनामा काठमाडौंमा संचालन गर्ने गरि कार्यक्रम तय भएको छ ।
त्यस्तै १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने अध्यक्ष राजन खत्रीले जानकारी दिनुभएको छ।


















