Prakash Adhikari August 14, 2025

 

काठमाडौ, २९ साउन। साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार तीन दिन दोहोरो अंकले घटेको बजारमा आज झिनो सुधार भयो ।

बिहीवार नेप्से २.६२ अंकले बढेर २७८८.३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फन्डमा गिरावट आएको छ । तर, यी बाहेकका अन्य इन्डेक्स भने बढेको छ । यसदिन कारोबारमा आएका मध्ये १ सय ४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ सय ८ कम्पनीको भने बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज २ सय ४९ स्टकका १ करोड ९२ लाख ५८ हजार ४ सय ४५ कित्ता शेयर किनबेचबाट ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अघिकक शेयर मूल्य बढ्ने कम्पनीहरुमा रिपब्लिक मिडिया,पञ्चकन्या माई हाइड्रो,कुमारी सबल योजना, राँधी, अपर स्यांगे हाइड्रो, सानिमा लार्ज क्याप फण्ड,माया खोला हाइड्रो, नेपाल रिइन्स्योरेन्स, भूगोल इनर्जी र एभरेष्ट बैंक डिबेञ्चर ८६ रहेका छन् ।

यस दिन शेयर मूल्य घट्ने कम्पनीहरुमा एनआईसी एशियाका तीनवटै फण्ड फ्लेक्सी, सेलेक्ट र ब्यालेन्स , सनराइज ब्लु चिप,नेपाल बैंक, सांग्रीला डिबेञ्चर ८७,कुथेली बुखारी,सिटी, एसबीआई र सिद्धार्थ बैंक डिबेञ्चर ८४ रहेका छन् ।

आज कारोबार भएका कम्पनीमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

Share Now