Prakash Adhikari August 18, 2025

डार्विन(अष्ट्रेलिया), २ भाद्र । अस्ट्रेलियामा जारी टप एन्ड टी २० सिरिजमा नेपाललाई भाग्यले साथ दिएको छैन । नेपाल ब्याटिड.मा देखिएको कमजोरीले लगातार तेस्रो खेलमा पराजित भएको छ।

नेपाललाई आज मेलबर्न स्टार्सले ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो।

आजको खेलमा ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौकासहित २५ रन जोडेर पहिलो विकेटको रुपमा पबिलियन फर्किए। लगतै भीम सार्की मात्र १ रनमा आउट भए। दुई विकेट गुमाउँदा नेपालले ३२ रन जोडेको थियो।

तेस्रो विकेटको लागि आसिफ शेख र कप्तान रोहित पौडेलले ८७ रनको साझेदारी गरे। यो क्रममा आशिफले अर्धशतक प्रहार गरे। ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै उनले अर्धशतक बनाए। रोहित ३३ रनमा आउट भए।

यसपछि आसिफ ५३ रन जोडेर रन आउट हुन भए। नेपालको लागि उनले नै सर्वाधिक रन जोडे। लगत्तै ठूलो आशा गरिएका दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए।

पाँचौं विकेटको नोक्सानीमा नेपालले १ सय २४ रन बनाएको थियो। कुशल मल्ल पनि ११ रनमा आउट भए। आरिफ शेख अविजित ८ रनमा रहे।

बलिङमा अष्टिन एनलेजार्क र डाउ वारेनले समानले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।

ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो।

तर यसपछि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। उनीहरूले १ सय २२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। दुवैले अर्धशतक बनाए।

यो साझेदारी सन्दीप लामिछानेले तोडे। ४७ बल खेलेका बेल्कले ७ चौका र २ छक्का सहित ७४ रनको सानदार ब्याटिङ गरे। थोमसले ४६ रन जोडे। उनले ४६ बलको सामना गर्दै ७ चौका र १ छकमका प्रहार गरे। साम हर्पे अविजित ११ रनमा रहे।

बलिङमा सन्दीपले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा मेलबर्नले २६ रन उकास्न पाएको थियो । खेलमा सोमपाल र सहाब अलामले १ । १ विकेट लिए।

नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेशको ‘ए’ टिमसँग हारेको थियो। नेपालले भोलि होबार्ट ह्युरिकेन्ससँग खेल्नेछ।

अरु देशका राष्ट्रिय टिम सहभागी नभएको यो सिरिज नै जित्ने आकांक्षा बोकेर काठमाडौंबाट अष्ट्रेलियाको डार्बिन उडेको नेपाली टोलीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन् ।

स्कटल्याण्ड सेरिज पछि लामोसमय विश्राम लिएका नेपाली खेलाडीहरुको उत्साह,जाँगर र कला केही पहिले भारतमा गरिएको प्रशिक्षणबाट पनि सुधार्न नसकेको देखिएको छ । नेपाली खेलाडीहरुको अनुहार र प्रदर्शन हेर्दा केही मनोवैज्ञानिक तनावले पो ग्रसित छन् कि जस्तो पनि देखिन्छ । पहिलो खेलमा मैदान कारण बन्न सक्छ, तर लगातार पराजय त्यै पनि, स्थानीय, टीम ए र एकेडमीका टीमसंग । यो खालको नतिजा पटक्कै अपेक्षा गरिएको थिएन ।

नेपाली खेलाडीहरु जस्तो बलमा पनि सकिनसकी छक्का बनाउन लड. बल फ्याल्दा क्याच आउट हुने गरेका छन् ।

प्रशिक्षकहरुले खेलाडीलाई चौका हान्ने कला सिकाउन नसक्दा छक्काको लोभमा नेपाली ब्याटसम्यानहरु प्याभिलियन फर्कन बाध्य भइरहेका छन् ।

Share Now