काठमाडौं, २४ साउन । बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमान्ड सम्हानुभएकोे छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्री बिहीबारदेखि विदामा बसेपछि थापाले सेनाको कमान्ड सम्हाल्नुभएको हो।
बिहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा क्षत्रीले थापालाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो।
रथी थापालाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आजदेखि लागू हुने गरी कामयमुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गनुभएको थियो।
बुझबुझारथपश्चात कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयासस्वरूप ‘लेस पेपर इन्भायरोमेन्ट’ को अवधारणाअनुसार डिजिटाइजेनको सुरुवात गर्नुभएको छ।
उहाँले काठमाडौं(तराईरद्रुतमार्गको आयोजना कार्यान्वायनको लागि गठिन निर्देशक समितिको अध्यक्षको कार्यभार बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई हस्तान्तरण गर्नुभएको छ।
कामु प्रधानसेनापति थापा तीन वर्ष नेपाली सेनाको नेतृत्वमा रहनुहुनेछ ।