Prakash Adhikari August 19, 2018

 

सानेपा(ललितपुर), ३ भदौ । नेपाली कांग्रेसले स्थानीय निर्वाचन सकिएको लगभग बर्षदिन पछि पार्टीका तर्फबाट विजयी बनेका देशभरीका नगर प्रमुख र उपप्रमुखहरुसंग राजधानीमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भाद्र ११ गते विहान ८ः०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा एकदिने ‘प्रशिक्षणात्मक अन्र्तक्रिया’ आयोजना गर्न गर्ने भएको छ ।

कार्यक्रममा स्थानीय करका अतिरिक्त निर्वाचित स्थानीय नेतृत्वका समस्या र समाधान तथा पार्टीका संरचनाबीचको समन्वय लगायतका विषयमा छलफल र प्रस्तुति रहने बताइएको छ ।

Share Now

Leave a comment.