Prakash Adhikari August 20, 2018

भीमदत्तनगर(कञ्चनपुर) । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे । पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरका छन् । घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा सोधपुछ जारी छ ।

१० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

Share Now

Leave a comment.