Prakash Adhikari December 2, 2025

 

काठमाडौं, १४ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाख सहयोग प्रदान गरेको छ ।

सोमबार कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्दलाल संघई, संचालक श्री कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई मन्त्रालयमा भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा उक्त रकम योगदान गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको सहयोगप्रति अर्थमन्त्री रामेश्वरप्रसाद खनालले धन्यवाद ज्ञापन गर्नु भयो । साथै उक्त रकम सहित कोषमा मिति मंसिर १५ गतेसम्म ११ करोड ८२ लाख जम्मा भएको जानकारी मन्त्रालयले दिएको छ ।

Share Now