काठमाडौँ, २० मङ्सिरःस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ ।
साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गर्नुभयो ।
“ज्येष्ठ नागरिक रोग विशेषज्ञहरुको पदहरू सिर्जना गर्न आवश्यक छ । नर्सहरुको पनि थप दरबन्दी सिर्जना गर्नुपर्छ । आर्थिक रूपमा कमजोर राष्ट्र भएर पनि हामीले ज्येष्ठ नागरिकका लागि सकेसम्म उत्तम सेवा दिन प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
देशमा ३० लाख हाराहारी ज्येष्ठ नागरिकहरुको जनसङ्ख्या छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जनसङ्ख्याको अनुपातमा विशेषज्ञहरु पर्याप्त नरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालमा १० जना दर्ता गरिएका ज्येष्ठ नागरिक रोग विशेषज्ञहरु छन् जसमा ६ जना मात्र स्वदेशमा छन् ।”
जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा उमेश बोगटीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई सधैँ सबल राख्न क्षेत्रीय साझेदारी अत्यावश्यक भएको बताउनुभयो ।
सम्मेलनमा नेपालसहित २० भन्दा बढी देशका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, ज्येष्ठ नागरिकविज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी छन् ।
-एकराज पाठक/ रासस काठमाडौँ, १२ भदौः भनिन्छ–सूचना खान त मिल्दैन, तर सूचना नपाउँदा मानिस भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, ११ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]