पोखरा(कास्की) १ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताउनुभयो । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उहाँले भन्नुभयो, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौं ।”
केन्द्रले एक निर्वाचन क्षेत्रबाट तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले धेरै जनाको नाम पठाएकाले प्राप्त भएका सबै नाम केन्द्रमा पठाइने सभापति शर्माले बताउनुभयो । निर्वाचनमा जित्ने सम्भावना भएका, मतदातामाझ लोकप्रिय, पार्टीमा योगदान पु¥याएको र सक्षम व्यक्तिकाबारेमा रायसहित केन्द्रमा नाम सिफारिस गरिने उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ निर्वाचन क्षेत्र छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकीमा कांग्रेसले १० स्थानमा जितेको थियो ।
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, ६ कात्तिकः नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]