पोखरा(कास्की), ६ पौष । गण्डकी प्रदेश कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
कांग्रेसले गण्डकीको अन्य, महिला , अपाङ्गता तथा अल्पसङ्ख्यक गरेर उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
आकांक्षीहरुको नाम धेरै भएपनि प्रदेशबाट टिकट पाउन सक्ने संभाव्य चर्चित व्यक्तित्वहरुमा कास्कीका शुक्रराज शर्मा,आनन्दराज मुल्मी, देवराज चालिसे, पर्वतका यज्ञराज न्यौपाने, लमजुड.का शुभनाथ मिश्र गर्जबहादुर गुरुङ, तीर्थबहादुर थापा, गोर्खाका अब्दुल सत्तार र हरिबहादुर घले, तनहुँका कुलचन्द्र वाग्ले, धु््रव वाग्ले, रघुनाथ पौडेल हुनुहुन्छ ।


















