काठमाडौं, ३ माघ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।
निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले आधिकारिकता दिएको हो ।
आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।



















