काठमाडौं, ३ माघ । आइसीसी महिला टि २० विश्वकप ग्लोबल छनोट भोलिदेखि नेपालमा सुरु हुँदैछ ।
भोलि चार खेलहरु हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तराष्र्टि्रय क्रिकेट मैदान कीर्तिपुरमा जिम्बाबे नेदरल्याण्डस् र आयरल्याण्ड र पीएनजीबीचको खेल हुने छ भने माथिल्लो मूलपानी क्रिकेट मैदानमा अमेरिका बंगलादेश, थाइल्याण्ड र नेपालबीच खेल हुनेछ ।
नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।
ग्लोबल क्वालिफायर अन्तरगत जनवरी १४ देखि १६मा १० बटा अभ्यास खेल सम्पन्न भइसकेका छन् ।
अब माघ ४ (जनवरी १८) देखि माघ १८ गते (फेब्रअरी १) सम्म प्रतियोगिताका खेलहरु हुँदैछन् । खेलहरु कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो र तल्लो क्रिकेत मैदानमा हुनेछन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।
ग्लोबल छनोटमा नेपालले माघ ४ गते (जनवरी १८ ) थाइल्यान्ड, माघ ८ गते ( जनवरी २२ ) नेदरल्यान्ड्स, माघ १० गते (जनवरी २४) जिम्बावे तथा समूह चरणको अन्तिम खेल माघ १२ गते ( जनवरी २६ ) स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालले महिला टि २० विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो । क्यानले छनोटका लागि दोस्रो चरणका लागि २० सदस्यीय खेलाडी छनोट गरिसकेको छ भने आज राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसँग पत्रकार सम्मेलन राखेको छ।
छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि २० विश्वकप खेल्नेछन्।




















