नृत्य नाटकमार्फत यिनै शब्दहरू दोहो¥याउँदै कलाकार सुम्नीमा साम्पाङ, ग्लोरी थापा, कृपा बज्राचार्य, मनिषा बस्नेत र रोज महर्जन पालैपालो मञ्च छोड्दै जानुहुन्छ । करिब एक घण्टा निरन्तर नृत्य नाट्य प्रस्तुत गरेपछि दर्शकमाझ उहाँहरूले गरेको यो संवाद मर्म स्पर्शी लाग्छ । दर्शक भावुक हुनुका साथै नारी अस्तित्वबारे गम्भीर भएर सोच्न बाध्य हुन्छन् ।
नक्सालस्थित कान्तिपुर थिएटरमा बिहीबार नारीवादको दरिलो प्रस्तुति रहेको नृत्य नाटक ‘मोक्षदा’ प्रस्तुत गरिएको थियो । नम्रता केसीले निर्देशन गरेको उक्त नाटकलाई भारतको नयाँ दिल्ली र पटनामा हुन लागेको ‘भारत रङ महोत्सव’मा प्रस्तुत गरिँदैछ । प्रस्तुतिका लागि केसीसहितको नृत्य समूह भारत प्रस्थान गरिसकेको छ । बिहीबार भने दर्शकलाई आफूले भारतमा देखाउन लागेको नृत्य नाटकलाई प्रदर्शन गरेर दर्शकको सुझाव लिइएको थियो ।
“दर्शकले दिएको सुझाव लिएर हामी भारत जाँदैछौँ, त्यहाँ झनै राम्रो प्रस्तुति दिनेछाँै”, उहाँले भन्नुभयो,“नृत्यमार्फत परम्पराको नाममा, संस्कार र संस्कृतिको नाममा, सम्बन्धको नाममा महिलाको स्वतन्त्रतामाथि हुने बन्देज र तिरस्कारविरुद्ध आवाज उठाउँदै छौँ ।”
केसीले नृत्यमा लोक, कथक, समकालीनलगायत विभिन्न नृत्य शैली समिश्रण गरेर फरक स्वाद दिने प्रयास गरिएको बताउनुभयो । “नृत्य भावना पोख्ने एउटा कलात्मक शैली हो । सात वर्षअघि तयार पारिएको उक्त नृत्य नाटक दर्शकमाझ पहिलो पटक प्रस्तुत गर्न लागेका हौँ । भारतमा यसले दर्शकको मन जित्ने विश्वास छ”, उहाँले भन्नुभयो ।
नेशनल स्कुल अफ ड्रामाले आयोजना गरेको भारत रङ महोत्सवमा केसीको समूहले शनिबार र आइतबार दुई दिन प्रस्तुति दिनेछ ।
राजु सिलवाल काठमाडौँ, ४ साउन (रासस): अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ । स्पेन […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, ७ साउनः वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार प्रदीप नेपालको स्मृतिमा स्थापना गरिएको ‘प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार गोपाल गुरागाईंलाई प्रदान गरिएको छ । समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]