काठमाडौं, २३ माघ । प्रहरीले मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईलोई पक्राउ गरेको छ । प्रसाइँ काठमाडौंबाट गाडीमा बीरगञ्जतर्फ गईरहेको अवस्थामा डीएसपीको कमाण्डमा गएको टोलीले दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट उहाँलाई पक्राउ गरेको हो ।
प्रहरीले उहाँले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको जनाएको छ । आज मात्र हामीले प्रहरीलाई पत्रचार गरेका थियौं। उहाँले निर्वाचन आचरसंहिता विपरित मानिस भेला गरेको पाइयो,ु आयोग स्रोतले बतायो।
प्रसाइँँ यसअघि पनि पोखराबाट पक्राउ पर्नुभएको थियो। नेपाली कांग्रेसको विशेष महाािधवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गर्दा निर्वाचन आयोगमा पैसाको डिल भएको अभिव्यक्ति दिएपछि उहाँलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो। काठमाडौं परिसरले उहाँलाई हाजिरी जमानी छोडेको थियो। केही दिनअघि पनि उहाँले परिसरमा पुगेर बयान दिनुभएको थियो।
वाक स्वतन्त्रताको भरपूर उपयोग गरिरहनुभएका प्रसाईले पछिल्लो समय विभिन्न जिल्लामा विरोध सभा गर्दै वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गर्दै आउनुभएको छ। प्रसाईँका अभिव्यक्तिले निर्वाचन भाइन जनता भड्काउन सक्ने भन्दै सुरक्षा निकायले प्रसाईमाथि निगरानी बढाएको छ।
केही दिनअघि पनि चितवनमा नतोकिएको ठाउँमा कार्यक्रम गर्न लागेपछि प्रसाइँका तीन जना कार्यकर्तालाई पक्राउ गरिएको थियो।


















