Prakash Adhikari September 8, 2018

 

काठमाडौं, २३ भदौ । गोरखाबाट शनिबार बिहान ६ जना यात्रु लिएर काठमाडौं आएको अल्टिच्युड एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलको नियन्त्रण कक्षसंग सम्पर्कविहीन भएको छ।

गोर्खाको सामागाउँबाट यात्रु लिएर आएको हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट र जापानी नागरिक हिरोमी कोमात्सु छन्।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले पाइलटसहित ७ जना यात्रु सवार हेलिकप्टर ८स् ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुनुपर्ने भएता पनि अहिलेसम्म ल्याण्ड नभएको बताए।

उनका अनुसार हेलिकप्टर खोजीका लागि सेनाको हेलिकप्टर परिचालन गर्न लागिएको छ। अल्टिच्युडकै एक हेलिकप्टरले हराएको हेलिकोप्टरको खोजी गरेर फर्किएको छ ।

‘हेलिकोप्छर नुवाकोट सीमाबाट सम्पकविहीन भएको जानकारी आएको छ। अहिलेसम्म हेलिकप्टरको अवस्था थाहा छैन ।

‘नुवाकोटको अन्तिम सीमानामा हेलिकप्टर रहेको जानकारी आएको छ। दुर्घटना भएर नभएको जानकारी आएको छैन।

Share Now

Leave a comment.