Prakash Adhikari September 8, 2018

 

बीबीसी, लण्डन । चीनका सबैभन्दा धनीमध्येका एक ज्याक माले ई-कमर्स कम्पनी अलिबाबाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिन लागेको द न्यूयोर्क टाइम्सले जनाएको छ।

उनी अलिबाबाको ‘बोर्ड अफ डिरेक्टर्स’ मा चाहिँ रहिरहने छन्। तर शिक्षा क्षेत्रमा परोपकारका काममा ध्यान केन्द्रित गर्ने सो पत्रिकाले जनाएको छ।

माले सन् १९९९ मा अलिबाबाको स्थापना गरेका थिए। र, त्यो अहिले विश्वका ठूला ईन्टरनेट कम्पनीमा पर्दछ।

अलिबाबाको अहिलेको बजार मूल्य ४०० अर्ब डलर रहेको बताइन्छ।

अवकाश
सो कम्पनीले अनलाइन विक्री, चलचित्रको निर्माण र ‘क्लाउड कम्प्युटिङ्ग’ गर्दछ।

द टाइम्स पत्रिकासँगको एउटा अन्तर्वार्तामा माले अवकाश एउटा युगको अन्त्य नभइ एउटा युगको शुरूवात हुने बताएका थिए।

उनले थपे, ‘म शिक्षालाई माया गर्छु।’

अलिबाबा
सोमवार ५४ वर्ष पुग्न लागेका माको ४० अर्ब डलर बराबरको सम्पत्ति छ।

फोर्ब्सले प्रकाशित गरेको सन् २०१७ को चिनियाँ धनीहरूको सूचीका अनुसार उनी तेस्रा सबैभन्दा धनी व्यक्ति हुन्।

अध्यापन
यसै हप्ताको शुरूतिर माले माइक्रोशफ्टका मालिक बिल गेट्सको अनुसरण गर्दै आफूले पनि एउटा निजी संस्था खोल्न चाहेको ब्लूमवर्ग टेलिभिजनलाई बताएका थिए।

ूबिल गेट्सबाट मैले सिक्नुपर्ने धेरै कुरा छन्, म धनी जस्तो कहिल्यै हुन सक्दिनँ। तर चाँडै राजीनामा दिएर मैले एउटा राम्रो कुरा गर्न सक्छु।ू

‘मलाई लाग्छ, कुनै दिन, छिट्टै म फेरि स्कूलमा पढाउन जानेछु। अलिबाबाका प्रमुख कार्यकारी अधिकृत भइरहनुभन्दा मैले गर्न सक्ने अझ राम्रो काम त्यही हुन सक्छ।’

पूर्वी चीनको जाङ्गजो शहरस्थित एउटा विश्वविद्यालयबाट माले अध्यापन पेशा शुरू गरेका थिए।

साथीहरूसँग मिलेर आफ्नै फ्ल्याटबाट उनले अलिबाबाको शुरूवात गरेका थिए।

 

Share Now

Leave a comment.