Prakash Adhikari September 8, 2018

काठमाडौं,२३ भदौ । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मेघाड.गाउँ पालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार हेलीकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा दुर्घटना भएको हो।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ। सोही हेलीकोप्टरमा सवार डोल्मा आनी भने जीवितै रहेको बताइएको छ। उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनायो।

सामागाउँबाट उडेको उक्त हेलीकोप्टरमा पाँच जना नेपाली, एक जापानी र पाइलट निश्चल केसी सवार रहेको नुवाकोट जिल्ला प्रशासनले पुष्टी गरेको छ।

हेलीकोप्टरमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित ल्हो गाउँकी आनी डोल्मा, चुमनुब्री १ साम्दोका छेवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा सवार थिए।

Share Now

Leave a comment.