Prakash Adhikari February 9, 2026
काठमाडौँ, २६ माघः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०५ अङ्कले घटेर २६७२.३९ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न ३ सय २४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १ लाख २ हजार २ सय ८१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २ सय ८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । २ सय १२ कम्पनीको शेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ ।
Share Now