काठमाडौं, १३ फागुन । नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङ राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
मैत्रीपूर्ण खेल चैत १२ (मार्च २६) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
प्रतियोगितामा नेपालसहित कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीको सहभागिता रहनेछ।
नेपालले अप्रिल १२ मा पहिलो खेल कंगोसँग खेल्नेछ । सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ। त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।


















