कोलकोता(पश्चिम बंगाल, भारत), १७ फागुन । सञ्जु सामसनको उत्कृष्ट ब्याटिड.मा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टी २० विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १ सय ९५ रनको लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो।
खेलमा भारतका अभिषेक शर्माले आक्रामक सुरुआत गरे। तर अभिषेक शर्मा र इशान किशन १०।१० रन बनाएको अवस्थामाआउट भएपछि भारत ४१ रनमा २ विकेट गुमाएर दबाबमा पर्यो।
त्यसपछि सञ्जु सामसन र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे। सामसनले अर्धशतक पूरा गरे भने सूर्यकुमार (१८ रन) ले पनि आकर्षक प्रहार गरे।
तर सूर्यकुमार क्याच आउट भएपछि खेल फेरि खुला बन्यो। सामसन भने अन्त्यसम्म डटेर खेले। उनले ५० बलमा १० चौका र ४ छक्कासहितनटआउट ९७ रन बनाए।
खेलमा तिलक वर्माले २७ रन बनाए । उनी पनि आउट भएपछि भारतलाई अन्तिम ३० बलमा ५० रन आवश्यक थियो।
त्यसपछि हार्दिक पाण्ड्याले र शिवम दुबेले संयमित भएर खेले । हार्दिकले १७ रन भने शिवमले नटआउट ८ रन । अन्ततः सामसनले नै विजयी रन प्रहार गरे। जितपछि उनी मैदानमै भावुक बनेका थिए।
वेस्ट इन्डिजको चुनौतीपूर्ण स्कोर
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको भारतले सुरुआतमा दबाब खेप्यो। वेस्ट इन्डिजका कप्तान साइ होप र रस्टन चेज आक्रामक ब्याटिङ गर्दै ४० रन जोडे । उनले हार्दिक र अर्शदीप सिंहलाई चौका– र छक्का प्रहार गरे।
तर वरुण चक्रवर्तीले होपलाई ३२ रन बताउदा बोल्ड गरेपछि खेलको मोड फेरियो। जसप्रित बुमराहले हेटमायर २७ रनमा आउट गरे भने हार्दिकले रदरफोर्डलाई १४ रनमा आउट गरे।
अन्त्यमा रोभम्यान पावेल र जेसन होल्डर अविजित ७६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई ४ विकेटमा १ सय ९५ रनको बलियो अवस्थामा पुर्याए। पावेलले ३४ रन जोडे भने होल्डरले ३७ ।
अब भारतले बिहीबार मुम्बईमा इङ्ग्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ। पहिलो सेमिफाइनल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच हुनेछ।


















