काठमाडौं, २५ फागुन । निर्वाचनपछिको पहिलो कारोबार दिन धितोपत्र बजार परिसूचक ६ प्रतिशत बढेपछि आज तेस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ।
दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भइ १२ बजेर १ मिनेटमा खुलेको बजार, तीव्र गतिमा बढ्ने क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो। तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स ६.०३ प्रतिशतले बढेर ४९४.१० मा,फ्लोट इन्डेक्स ६.१ प्रतिशतले बढेर १९८.६२ बिन्दुमा, सेन्सेटिभ फ्लट ६.२६प्रतिशतले बढेर १६८.९८ विन्दुमा र बैकिड. इन्डेक्स ६.९२ प्रतिशतले बढेर १५०१.३८ विन्दुमा पुगेको छ ।
यस दिन थोरै समय खुलेको बजारमा २ सय ६१ स्क्रिप्टका ११ लाख ४३ हजार ७ सय ६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ५५ करोड,५९ लाख ६३ हजार ८ सय ९४ रुपैया ६६ पैसाको कारोबार भएको छ ।


















