Prakash Adhikari March 12, 2026

 

काठमाडौं, २८ फागुन  ।  नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकहरूको सुविधाका लागि विशेष ‘Free AC Service Camp’ र आकर्षक ‘Exchange Offer’ सार्वजनिक गरेको छ। यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइनेछ।

योजनाका मुख्य आकर्षणहरू:

• जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ: ग्राहकहरूसँग जुनसुकै ब्रान्डको एसी भए तापनि यस क्याम्पमा ल्याई निःशुल्क सर्भिसिङ गराउन सक्नेछन्।
• स्पेयर पार्ट्समा ५०% सम्म छुट: मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सको खरिदमा सीजीले ५०% सम्मको भारी सहुलियत प्रदान गर्नेछ।
• पुरानो एसी साट्दा ५०% सम्म थप मुल्याङ्कन: ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी लैजाँदा ५०% सम्मको अतिरिक्त मुल्याङ्कन प्राप्त गर्नेछन्।
• नयाँ खरिदमा २०% सम्म छुट: नयाँ सीजी एसीको खरिदमा ग्राहकले सिधै २०% सम्मको विशेष नगद छुट पाउनेछन्।
• निःशुल्क जडान (Free Installation): नयाँ एसी खरिद वा एक्सचेन्ज गर्दा रु ४,००० बराबरको इन्स्टलेशन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।
• रु ३,००० बराबरको उपहार: एक्सचेन्ज गर्दा ६ महिनासम्म मान्य हुने रु ३,००० बराबरको दुईवटा सर्भिस कुपन उपहार स्वरूप प्रदान गरिनेछ।

 

सीजी मेरिडियाका एसीहरूमा Digital Inverter Compressor, IoT प्रविधि र Healthy Filter जस्ता सुविधाहरू रहेका छन्। कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत प्रदान गरेको छ। साथै, आर्थिक भार कम गर्न नागरिकता मात्र पेश गरेर सीजीका घरायसी सामग्रीहरू ‘०% सजिलो EMI’ मा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

यो योजना फागुन २४ गतेदेखि सीमित अवधिको लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। थप जानकारीका लागि सीजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

Share Now