काठमाडौँ, ४ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु २ हजार २ सय र चाँदी रु १ सय ८५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ७ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १ सय ५० कायम भएको छ ।
हिजो मङ्गलवार एक तोला छापावाल सुन रु ३ लाख ९ हजार ९ सय र एक तोला चाँदी रु ५ हजार ३ सय ३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ९ हजार ५ सय कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु ५ हजार २ सय ६५ निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


















