Prakash Adhikari September 16, 2018

 

काठमाडौं, ३१ भदौ । मन्त्रिपरिषद्को आइतबार बेलुका बसेको बैैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ ।

उहाँलाई कार्यकारी अध्यक्ष बनाउनका लागि शुक्रबारको मन्त्रिपरिषद्ले निगमका अध्यक्ष पर्यटन सचिव कृष्ण देवकोटालाई हटाएर सञ्चालक समितिमा खरेललाई सदस्यमा नियुक्त गरेको थियो ।

https://www.facebook.com/sabin.dhamala/videos/2076791429011716/

विगतमा निगमको महाप्रबन्धक भैसक्नुभएका खरेल निगममा लामो समय सेवा गरेको अनुभव छ । उहाँको पालामा निगमले निर्विवाद ढंगले एअरबससंग ३२० -२०० सेरिजका दुईवटा न्यारो बडी जहाजहरु किनेको थियो ।

वायुसेवा सञ्चालनमा लामो अनुभव भएका कुशल व्यवस्थापकको नियुक्तिले धराशायी अवस्थामा पुग्न लागेको निगममा सुधार आउने अपेक्षा गरिएको छ ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्टको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावहरुलाई विभूषण प्रदान गर्न राष्टपतिसमक्ष सिफारीश गर्न तयार पारेको सूचिलाई पारित गरेको छ ।

 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले  बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई राष्टिय कपास विकास समितिमा परिणत गर्ने, यस बर्षको बाँकी समयका लागि विदेशबाट आयात गरिने चिनीको कोटा १ लाख टन निर्धारण गर्ने र उखु उत्पादक किासनलाई प्रति क्विन्टल ६५ रुपैया २८ पैसा अनुदान दिने तथा फौजदारी संहिताको अनुसूचीको ठगी मुद्दामा नेपाल सरकार वादी हुनेगरि संशोधन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोेकुल बास्कोटाले पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।

Share Now

Leave a comment.