Prakash Adhikari March 31, 2026

काठमाडौं, १७ चैत्र । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । मंगलवार सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १ सय ४५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share Now