काठमाडौं, १७ चैत्र । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी उमन्स ट्रफीको तयारीका लागि दोस्रो चरणमा १८ खेलाडी नेपाली महिला खेलाडी छनोट गरेको छ।
छनोट भएका खेलाडीमा कप्तानमा इन्दु बर्मा र उपकप्तानमा पूजा महतो रुविना क्षेत्री, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर टोलीमा परेका छन् ।
१८ भित्र पर्ने अन्य खेलाीमा रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, सीमा केसी, मनीषा उपाध्याया, रचना चौधरी, सोनी पाख्रिन, सना प्रवीण र सबित्री धामी छन्।
यो चरणको छनोटमा पहिलो चरणमा प्रशिक्षणमा रहेका अनुभवी सीता राना मगर सहित ११ खेलाडी बाहिरिएका छन्। बाहिरिनेमा खुसी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, आलिशा यादव, त्रिशना बिक, कुसुम गोडार, यशोदा बिष्ट, अन्जी पाठक र रमा बुढाथोकी छन् ।
यही चैत २९ गतेदेखि रूवान्डामा हुने टी ट्वान्टीमा प्रतियोगितामा नेपालसहित अमेरिका, भानुआटु, इटली र आयोजक रुवान्डाबीच प्रतिस्पर्धा हुनेछ।


















