काठमाडौं, १७ चैत्र। नेपाली कांग्रेसको १४ औं महाधिवेशन समूहले आज केन्द्रीय समितिको बैठक राखेको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका बिहान ११ बजेदेखि धुम्बराहीस्थित स्मार्ट होटलमा हुने बताइएको छ ।
दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको छ ।
बैठकमा पार्टीबाट निष्काशित तात्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाई सम्पन्न विशेष महाधिवेशन, विशेष महाधिवेशनबाट षड्यन्त्रपूर्वक नेतृत्व हत्याएर २१ फागुनको चुनावमा सहभागी हुँदा निस्केको परिणाम, आगामी १५ औं महाधिवेशन कार्यतालिका र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।
विशेष महाधिवेशनबाट कुटिल तवरले नयाँ नेतृत्व चयन हुनुअघि १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले २०८३ सालको बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको २८–३१ वैशाखमा १५ औं महाधिवेशनको कार्यतालिका पारित भएको थियो ।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने तयारी १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको छ।


















