Prakash Adhikari April 20, 2026

 

काठमाडौं, ७ वैशाख । अक्षय तृतीयाकै दिन नेपाली बजारमा सुन र चाँदी दुवैको घटेको छ । आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

आईतबारको बजारमा सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो।

हिन्दु धार्मिक मान्यता अनुसार अक्षय तृतीयाको दिन सुन र चाँदी खरिद गर्ने अत्यन्तै शुभ मानिन्छ । सोहि अनुसार अन्य दिनको तुलनामा यसदिन सुन चाँदी खरिद गर्नेहरुको भिड लागेको हुन्छ ।

त्यसैगरी यसदिन चाँदी प्रतितोला ५ हजार १ सय ९० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Share Now