कीर्तिपुर(काठमाडौं) ७ वैशाख। आजदेखि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचमा दुई दिवसीय टी–२० आई खेल हुँदैछ ।
खेल त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ ।
खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार उक्त जानकारी दिएको हो।
नेपाललाई दुईपल्ट टी–२० आई विश्वकपमा पुर्याएका रोहितकुमार पौडेललाई भने आराम दिइएको छ।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अप्रिल २० र २१ मा दुई खेलको सिरिज खेल्ने छ।
यसपछि लगत्तै विश्वकप लिग २ का खेलहरु हुने कार्यतालिका रहेको छ ।
नेपाल क्रिकेट संघले दिएको जानकारी अनुसार दुवै श्रृखलाका खेलहरु त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछन्।
यही अप्रिल २५ देखि मे ५ सम्म नेपाल युएई र ओमानबीच पहिलो श्रृखलाका खेलहरु हुने छन् भने मे १२ देखि मे २२ सम्म नेपाल, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकाका बीच अर्को त्रिदेशीय श्रृखला हुनेछ ।


















