Prakash Adhikari April 29, 2026

 

काठमाडौं, १६ बैशाख । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घटेको छ ।

यस दिन चाँदी प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ खरिदबिक्री भएको थियो।

Share Now