Prakash Adhikari May 4, 2026

काठमाडौं, २१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

‘क’ वर्गका ठेकेदारसमेत रहनुभएका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको हो ।

विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो ।

Share Now