Prakash Adhikari May 7, 2026

 

दोहा(कतार), २४ बैशाख । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी गोडाको उपचारको निमित्त कतार आइपुगेकी छन्।

उनले हालै सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा भनेकी छन्, लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु । सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु ।

उनले थप भनेकी छन्, “मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ । एकातर्फ आफूमैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबलको अवस्था देखेर निराश छु ।”

उनले नेपालको फुटबलको अवस्था चाडैं ठिक हुने विश्वास गर्दै भनेकी छन्, “म मैदान फर्कने मेरो आफ्नो लक्ष्यमा अडिग रहेर लागिरहने छु ।”

गत जनवरी १ मा न्युजिल्याण्डको वेलिड.टन फोनिक्स फुटबल क्लबको लागि खेल्दाखेल्दै मैदानमा ढलेकी साबित्राले आफ्नो स्वास्थ्य उपचारका लागि दोहाको एस्पेटार अस्पताल रोजेकी थिइन । उनलाई अनुबन्ध गरेको क्लबले सबै खर्च व्यहोर्न नसक्ने जानकारी दिएपछि उनले सामाजिक सञ्जालमा अपील गरेर उपचार खर्च जुटाएकी थिइन ।

त्यही बेला मध्यपूर्वमा युद्धमा कतारमा समेत आक्रमण भएपछि उनी आउन पाएकी थिइनन् । उनको सल्यक्रिया न्युजिल्याण्डमा नै गर्नुपर्यो । उनी अहिले रिह्याब गरिरहेकी छन् अर्थात सत्यक्रिया पछि पूर्वावस्थामा फर्किन आवश्यक फिजियोथेरापी लगायतका उपचारमा संलग्न छिन् ।

Share Now