
काठमाडौ.,३ असोज । दशैँमा प्रदर्शनमा आउने भनिएको प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर लञ्च गरिएको छ । प्रदर्शन मिति नराखिएको पोस्टरमा फिल्मका पाँच प्रमुख पात्र फिचर्ड छन् ।
दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ आ-आफ्नो चरित्रमा प्रस्तुत छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मलाई दीपाश्री निरौलले निर्देशन गरेकी हुन् ।
शनिवार यस फिल्मको अफिसियल ट्रेलर सार्वजनिक हुँदेछ । निर्माता तथा कलाकार दीपकराजका अनुसार, ट्रेलरमा फिल्मको प्रदर्शन मिति राखिनेछ । फिल्म असोज २४, असोज २५ र असोज ३० मध्ये एक मितिमा आउने चर्चा छ ।
फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।
‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।