कीर्तिपुर(काठमाडौं), ४ जेठ । आईसीसी विश्वकप लिग २ छनोट खेल अन्तरगत आज भएको खेलमा स्कटल्याण्डले नेपाल सामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको स्कटल्याण्डले ५० ओभरको निर्धारित खेलमा ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट भयो ।
स्कटल्याण्डको लागि ब्राडन म्याकमुलनले ७३, माइकल इंग्लिसले ५१,जर्ज मुन्सेले २१, मार्क वाटले २०,रिची बेरिड.टनले १२,फिन्ले म्याक्रेथले ६, ओलिभ जोन्सले २ तथा माइकल लिस्क र म्याथु क्रसले एक एक रनको योगदान गरे । ओलि जोन्स शून्य रनमा आउट भए भने ब्राण्ड क्युरी शून्य रनमा नट आउट रहे ।
स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।








