Prakash Adhikari May 31, 2026

 

क्वाललम्पुर(मलेसिया), १७ जेठ । नेपाली महिलाहरुका लागि आजका दिन पनि भाग्यविहिन भयो । हिजो सेमिफाइनलमा मलेसियासंग पराजित भएको नेपाल आज तेस्रो स्थानको लागि भएको खेलमा चीनजस्तो क्रिकेटमा कमजोर टिमसंग पनि पराजित हुन पुग्यो र एशियन गेम्म खेल्न छनोट हुन सकेन ।

डिएल मेथडबाट नतिजा निर्धारण गरिएको खेलमा नेपाल चीनसंग ३ रनले पराजित भएको छ ।

मलेसियाको वायुमास ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिड.को निम्तो पाएको नेपालले ७ औं ओभरमा पुग्दा पानी परेर खेल रोकिएको थियो । त्यतिबेला नेपालले ५ विकेटको क्षतिमा ५० रन जोडेको थियो ।

बर्षा रोकिएपछि खेल छोट्याएर ७ ओभरमा झारियो र चीनका लागि ४३ रनको लक्ष्य निर्धारण गरियो ।

नेपालको जसरी ब्याटिड. बिग्रियो, बलिड. पनि जमेन । नेपालले वाड. हुईयिड.को पहिलो विकेट २.४ ओभरमा चीनले २४ रन जोड्दा लिन सक्यो । दोस्रो विकेट गोड. युतिड.को विकेट २.५ ओभरमा लियो । तेस्रो विकेट २.६ ओभरमा झु मिड.युको लियो । लि झियापिड.को चौथो विकेट लिंदा चीनले २७ रन जोडेको थियो । ६.५ ओभरमा वेई हेटिड.को पाँचौ विकेट लिंदा चीनले ४० रन पुर्याएको थियो । सातौ ओभरमा पाँचौ विकेट लिंदा चीनले ४५ रन पुर्याएको थियो ।

सुरुमा विकेट लिन चुकेको नेपालले चीनलाई रोक्ने क्रममा रिया शर्माले २ र सीता रानामगरले १ विकेट लिए ।

यस अगाडि क्वालालम्पुरको वायुमास ओभल स्टेडियममा टस जितेर चीनले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निराशाजनक सुरूवात गर्यो।

पहिलो ओभरमा ४ रन जोडेको नेपालले १.४ ओभर सकिंदा ७ रन बनायो। यसपछि नेपालले थप रन नजोडी ३ विकेट गुमायो। दोस्रो ओभरको पाँचौं बलमा ओपनर पूजा महतो १ रनमा आउट भइन्।

यसपछि तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाएकी सम्झना खड्का तथा रूबी पोद्दार डकआउट भए। रुकीले दुवैलाई आउट गरिन्। यसपछि पानी पर्यो। हिजो भएको सेमिफाइनलमा पराजित भएका चीन र नेपाल आज तेस्रो स्थानको लागि खेलेका हुन् । तेस्रो विजेता पनि एशियाली गेममा छनोट हुने भएकोले नेपालले ठूलो आशा गरेको थियो । तर भाग्यले साथ दिएन । नेपाली टिमका कोच र खेलाडीले मौसमको जानकारी लिन नसक्दा र प्रतिस्पर्धीलाई कमजोर आँकेर ठूलो सट खेल्न खोज्दा धरापमा परेर नेपालले एशियाली खेलमा छनोट हुने अवसर गुमायो ।

यसै श्रृखलामा थाइल्याण्ड र मलेसिया एसियाली खेलकुदका लागि छनोट भैसकेका छन्। आज दुवै देश फाइनलमा भिड्दै छन् ।

Share Now