Prakash Adhikari June 7, 2026
काठमाडौँ, २४ जेठः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु ८ हजार २ सय र चाँदी रु ३ सय ३५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु ३ लाख ८  सय   कायम भएको छ । एक तोला चाँदीको मूल्य रु ४ हजार ८ सय ९५ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन रु ३  लाख ९ हजार र त्यति नै परिमाणको चाँदी रु ५  हजार २ सय ३० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Share Now