Prakash Adhikari June 30, 2026

काठमाडौं, १६ आषाढ । तुँदी पावरले १ अर्ब रुपैया बराबरको सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ ।

तँुदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको एक करोड कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा तँुदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्रप्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

तुँदी पावर कम्पनी लिमिटेडले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरी चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजनाहरु निर्माण गरी २०८२ साउन २० देखि व्यवसायिक विद्युत उत्पादन थालेको छ । यस आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको कम्पनीले जनाएको छ ।

Share Now