काठमाडौं, १६ असार । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ कारोबार भएको छ। सोमबारको सुन तोलामा २ लाख ८२ हजार ४ सय रुपैयाँ किनबेच भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटेको हो ।
त्यस्तै आजको बजारमा चाँदी तोलामा ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलामा ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।








