Prakash Adhikari July 15, 2026

क्वाललम्पुर(मलेशिया), ३१ आषाढ । एसीसी यु १९ महिला प्रिमियर कपमा सहभागी नेपाली टोली आज जापानसंग प्रतिस्पर्धा गर्दै छ ।

मलेशियाको राजधानी क्वाललम्पुरको वांगीस्थित वाईएसडी युकेएम ओभलमा हुने खेल बिहान ११ः४५ मा आरम्भ हुने छ ।

खेलमा जापानले टस जितेर ब्याटिड. रोजेको छ । नेपालले पहिले फिल्डिड. गर्ने छ ।

समूह चरणका सबै खेलहरूमा १०० भन्दा बढी रनको प्रभावशाली अन्तरले जित निकाल्दै अपराजित रहेको नेपाली टोली आज पनि सोही लय कायम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ।

समूह चरणका खेलमा नेपालले यसअघि नेपालले हंगकंगलाई १ सय ८१ रन, सिंगापुरलाई १ सय ५१ रन र कतारलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको थियो।

नेपाली युवा महिला टोलीले अपराजित रहँदै फाइनल पुग्ने लक्ष्य लिएको छ ।

Share Now