क्वालालम्पुर(मलेसिया), १ साउन । नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध फिल्डिड. गरिरहेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा युएईले टस जितेर ब्याटिड. रोजेपछि नेपालले फिल्डिड. गरेको हो ।
युएईले अहिले १७ ओभर मा ७ विकेटको क्षतिमा८० रन जोडेको छ । नेपालका तर्फबाट रिया शर्मा, अनु कडायत र तिसरा विश्वकर्माले २ /२, मनिषा उपाध्याय १ विकेट लिएका छन् ।
युएईका महुल प्रणव कुलकर्णीले ३०, लाभण्य केनीले २५ रन बनाएका छन् समैराधरणीधरका २, अल मसिरा जहांगीर १, वैशव महेशले १ र जननी थिरुकुमारन ७ नेहा कुमारीले ५ रन नटआउट बनाएकी छन् ।








