
सानेपा(ललितपुर), १७ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते शुक्रबार १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले उक्त बैठक बोलाउनुभएको हो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गर्नुभएको विज्ञप्ति अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुनेछन् ।
सभापतिको निर्देशन अनुसार केन्द्रीय कार्यालयको सचिवालयले सबैलाई खबर गरिसकेको छ ।