
पेरिस(फ्रान्स), २१ असोज(बीबीसी) । अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलले आफ्ना चिनियाँ प्रमुख मेङ होङ्वेईको अवस्थाबारे स्पष्ट पार्न चीनलाई आग्रह गरेको छ।
उसले मेङको अवस्थाप्रति चिन्तित बनेको बताएको छ।
फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएका मेङ आफ्नो परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
चीनले त्यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
सोधपुछ
साउथ चाइना मर्निङ पोस्टले नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै मेङलाई ुसोधपुछ गर्न लगिएकोु जनाएको छ।
हङकङस्थित सो पत्रिकाका अनुसार के कारणले ुअनुशासन अधिकारीहरूु उनलाई लगेका हुन् भन्ने चाहिँ स्पष्ट भएको छैन।
गत जुलाइदेखि बेपत्ता भएकी चिनियाँ अभिनेत्री फान बिङबिङले यसै हप्ताको शुरूतिर एउटा सार्वजनिक क्षमायाचना गरेकी थिइन्।
फानलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।
मेङले चीनलाई चिढ्याएका थिए?
बीबीसी एशिया सम्पादक सेलिया ह्याटनको विश्लेषण:
मेङ होङ्वेई बेपत्ता भएको घटना चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूले जानेकै शैलीसँग मिल्दोजुल्दो छ।
कुनै अधिकारी अकस्मात् सार्वजनिक दृष्टिबाट हराउँछन् र सर्वसाधारणहरूमाझ उनी बेपत्ता भएको भनेर चर्चा हुन्छ।
ती अधिकारीबारे ‘अनुसन्धान’ हुँदै गरेको भनेर अन्ततस् पार्टीले एउटा संक्षिप्त विज्ञप्ति निकाल्छ। त्यसपछि ‘अनुशासन भङ्ग गरेको’ भन्दै ती व्यक्तिलाई पार्टीबाट निकालिन्छ र जेल सजाय सुनाइन्छ।
राष्ट्रपति सि जिनपिङ सन् २०१२ मा सत्तामा आएपछि १० लाख जनाभन्दा बढी अधिकारीहरूलाई कुनै न कुनै रूपमा अनुशासनको कारबाही गरिएको छ।
मेङको घटना केही कारणले अर्थपूर्ण छ।
पहिलो – उनी केही दिनदेखि मात्रै सम्पर्कविहीन भएका भए पनि मेङकी पत्नीले फ्रान्सेली सरकारी निकायलाई गुहारिन्। चिनियाँ कम्युनिस्ट पार्टीका बेपत्ता भएका अधिकारीका परिवारका सदस्यले दण्ड बढी पाउलान् भन्ने भयले प्रायस् विदेशी निकायलाई गुहार्दैनन्।
अरू उपाय बाँकी छैन भन्ने लागेर मेङकी पत्नीले त्यसो गरेकी हुन् कि ?
इन्टर्पोलमा मेङको उच्च पद कुनै बेला चीनका लागि गौरवको विषय थियो।
यदि मेङ साँच्चै चीनको राज्य संयन्त्रभित्रै बेपत्ता भएका हुन् भने उनले कसलाई चिढ्याएका थिए होलान्रु अथवा नियतवश र सार्वजनिक रूपमै इन्टर्पोलको पद त्याग्ने गरी उनले बेइजिङका लागि के गरेका थिए ?
६४ वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि हुन्।