
काठमाडौं, २१ असोज । हत्या र बलत्कारजस्ता जघन्य अपराधमा परेर जीवन गुमाएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या र बलात्कार प्रकरणको खोजी गरि दोषीउपर कारबाही चलाउनकालागि आवश्यक प्रकृया सहितको प्रतिवेदन दिन सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
गृह मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आइतबार सार्वजनिक गरेको हो।
सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा प्रहरीको गभ्मीर कमजोरी औँल्याएको थियो।
साउन १० गते साथीको घरमा गृहकार्य गर्न भनेर झोलामा कापी,कलम र किताब लिएर निस्केकी उनी समयमा फर्किइनन् । पछि उनको लाश उखुबारीमा भेटियो ।
यस्तो छ, प्रतिवेदनको पूर्ण पाठ :
https://drive.google.com/open?id=1V7cis97OCpBl9_-soOR21gSQETIfrEjZ