Prakash Adhikari August 10, 2026

काठमाडौं, २५ साउन । नेपाली पब्जी टोली होरा ई-स्पोर्ट्सले फ्रान्समा जारी ई-स्पोर्ट्स वर्ल्ड कप २०२६मा ऐतिहासिक सफलता हासिल गरेको छ । नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ग्रान्ड फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेपछि होरा ई-स्पोर्ट्स सोझै फाइनलका लागि छनोट भएको हो। समूह चरणको यो उत्कृष्ट नतिजासँगै टोलीले प्रारम्भिक रूपमै करिब ८७ लाख नेपाली नगद पुरस्कार जितिसकेको छ ।

​विश्वका शीर्ष तथा शक्तिशाली ई-स्पोर्ट्स टोलीहरूलाई पछाडि पार्दै नेपाली टोली सोझै ग्रान्ड फाइनलमा प्रवेश गरेको छ । यसले विश्वभरका नेपाली गेमर्स र समर्थकहरूमा उत्साहको लहर छाएको छ।

अब टोलीले ई-स्पोर्ट्स वर्ल्ड कपको उपाधि र ठूलो पुरस्कार राशिका लागि विश्वका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

Share Now