Prakash Adhikari August 11, 2026

काठमाडौँ, २६ साउनः स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु ६  हजार ४ सयले बढेको छ भने चाँदी रु १ सय १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ७ सय ८० कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ६ सय ७० कायम थियो ।

Share Now