काठमाडौँ, २७ साउन : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १ हजार २ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य ३ लाख ६ हजार ७ सय कायम भएको छ । हिजो एक तोला सुन रु ३ लाख ७ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा रु ३५ ले घटेको छ । आज एक तोला चाँदी रु ४ हजार ७ सय ४५ मा कारोबार भइरहेको छ भने हिजो रु ४ हजार ७ सय ८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








